भारोत्तोलनमा आज ६ स्वर्णका लागि खेल हुँदै
पाेखरा | कात्तिक १, २०७९
पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आज मंगलबार ६ स्वर्णको छिनोफानो हँुदैछ । पोखरा उद्योग वाणिज्य संघमा प्रतियोगितामा जारी प्रतियोगिता आज महिलातर्फ ४ र पुरुषतर्फ २ स्वर्ण स्वर्णका लागि १० टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिताा एनआरएन सहभागी छैन ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसका अनुसार महिलातर्फ ६४, ७१, ७६ र ८१ केजी तौल समूह तथा पुरुषतर्फ ८१ र ८९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसअघि २ दिनसम्मको खेलमा ८ स्वर्णको छिनोफानो भइसकेको छ । जसमा पुलिसले ४, आर्मीले ३ र सुदूरपश्चिम प्रदेशले १ स्वर्ण जितेका छन् ।
कात्तिक २ सम्म चल्ने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल हुनेछ । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदक छन् ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

